Blog
Kundalini Awakening and Chakra Sadhana Camp Organized by Aatma Jagriti Mission Nepal

Kundalini Awakening and Chakra Sadhana Camp Organized by Aatma Jagriti Mission Nepal

पोखरा, ३० साउन
​आत्मजागृति मिसन नेपालको आयोजनामा विन्ध्यवासिनी मन्दिरको सभाकक्षमा एक दिवसीय योगध्यान, चक्रसाधना तथा कुण्डलिनी जागरण शिविर सम्पन्न भएको छ ।
​साधना शिविर संयोजक समितिका संयोजक महेश पराजुलीको अध्यक्षतामा एवं ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष डा. नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो ।
​शिविरमा मोटिभेशनल स्पिकर, लेखक तथा योगगुरु सञ्जीव मल्लिकले सहभागी साधकलाई मानव शरीरभित्रका सात चक्र एवं कुण्डलिनी ऊर्जाको सैद्धान्तिक वैज्ञानिक व्याख्या गरे । उनले सात चक्र जगाएर कुण्डलिनी शक्तिलाई सहस्रा चक्रमा मिलन गराई मनुष्य शारीरिक, मानसिक एवं आध्यात्मिक तापबाट मुक्त भई जीवनको परम लक्ष्य प्राप्ति गर्ने विधिबारे प्रशिक्षण दिए ।
​प्रमुख अतिथि डा. अधिकारीले कार्यक्रमको महत्व एवं योग गुरु सञ्जीव मल्लिकको व्यक्तित्वबारे प्रकाश पारे । शिविरमा सहभागी साधक, योगगुरु, प्रमुख अतिथिलाई स्वागत आयोजक समितिका सल्लाहकार रामचन्द्र पौडेलले गरेका हुन् ।
​उक्त शिविरमा कास्कीका विभिन्न क्षेत्रका १ सय २० जनाभन्दा बढी साधकको सहभागिता थियो । कार्यक्रम संयोजक तथा अध्यक्ष महेश पराजुलीले धन्यवाद ज्ञापन गरे ।
​कार्यक्रम संचालन सचिव कमला पौडेलले गरिन् ।
​आत्मजागृति मिसन नेपालका संस्थापक अध्यक्ष योगगुरु सञ्जीव मल्लिकको कुण्डलिनी जागरण, चक्र साधना, योग साधनाबाट कैयौँ साधक लाभान्वित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *