
Meditation Program in Itahary, Nepal by Self wakening Mission Nepal
जय सचिदानन्द जी 🙏
ॐ श्री परम हंसाय नमः 🙏
सदागुरु श्री परम हंस जी महाराजको असीम कृपा तथा संजीव मालिक गुरु देवको दिव्य कृपाले, उहाँहरूले दिनुभएको ज्ञान, शिक्षा र दीक्षा आत्मकल्याण मात्र नभई सम्पूर्ण मानवताको आत्मजागृति जागोस् भन्ने उद्देश्यका साथ निरन्तर बाँडिरहनुभएको छ।
उहाँहरूको देखाएको मार्गमा हिँड्दा हामी सफल बन्दै गएका छौं। हाम्रो मात्र होइन, अरूको आत्मजागृति जगाउने कार्यमा पनि हामी निरन्तर अगाडि बढिरहेका छौं। संजीव मालिक गुरु देव र सद्गुरुको कृपा, दृढता र आशीर्वादले हामीले इटहरी, तरहर लगायत स्थानहरूमा साधना सञ्चालन गर्दै, सहभागी आत्माहरूको जागृति साथै तिनीहरूको नकारात्मकता हटाउन healing कार्य पनि गरिरहेका छौं।
आत्मजागृति मिशन नेपाल टिमलाई धेरै महानुभावहरूले सहयोग र साथ दिनुभएको छ। जसले गर्दा अध्यात्मको बाटो अझ सबल भएर अगाडि बढिरहेको छ।
इटहरीको साधनासहित प्राप्त फल, प्रसाद र अनुभवहरू सबैसँग बाँडिएको छ, जसले हाम्रो साधना यात्रा अझ गहिरो र सफल बनाएको छ।